२०८३, कार्तिक १५ गते आइतबार

माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा दोहोरिए हरिबहादुर चुमान

माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा दोहोरिए हरिबहादुर चुमान


  • मेरोभ्यूज
  • पौष १७, २०७९ आइतबार

  • माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा दोहोरिए हरिबहादुर चुमान

    गणडकी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको निर्वाचनमा निर्वाचित गरेको हो ।

    उनी यस अघि ०७४ मा पनि  संसदीय दलको नेता थिए ।  पृथ्वीसुब्बा नेतृत्वको सरकारमा चुमान आन्तरिक तथा कानुनमन्त्री थिए ।

    मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन  चुमान तनहुँ १ (२) बाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको हो ।

    दलको नेता बेनेसँगै एमाले(माओवादीको सत्ता गठबन्धनमा माओवादीबाट चुमान मुख्यमन्त्रीका बलियो दाबेदार बनेका हुन् । यो सँगै सत्ता गठबन्धनबाट गण्डकीमा  एमालेका खगराज अधिकारी र माओवादीबाट चुमान मध्ये एक मुख्यमन्त्री हुने निश्चित भएको  हो ।


    प्रकाशित : आइतबार, पौष १७ २०७९१२:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार