काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नयाँ वर्ष २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वानसमेत गरेका छन् ।
ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ ।

