२०८३, कार्तिक १५ गते आइतबार

दुई वर्षपछि ओली खुमलटारमा, नीति कार्यक्रम र सरकारकाे प्रभावकारिता बारे छलफल

दुई वर्षपछि ओली खुमलटारमा, नीति कार्यक्रम र सरकारकाे प्रभावकारिता बारे छलफल


  • मेरोभ्यूज
  • पौष १३, २०७९ बुधबार

  • दुई वर्षपछि ओली खुमलटारमा,  नीति कार्यक्रम र सरकारकाे प्रभावकारिता बारे छलफल

    काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उनीहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

    “उहाँहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो”, प्रचण्डकाे स्वकीय सचिव रमेश मल्लले भने । दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उहाँहरुबीच छलफल भएको उनले जानकारी दिए ।

    Prachanda_Oli_Meet2.jpg

    “सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको निर्णयलाई कार्यान्वयन तहमा लैजाने विषयमा कुराकानी भयो”, उनले भने । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच थप छलफल हुने स्वकीय सचिव मल्लले जानकारी दिए । सो बैठकमा सत्ता साझेदार दलहरुको शीर्ष नेता सहभागी हुने उनको भनाइ छ ।

    Prachanda_Oli_Meet.jpg

    सरकार विस्तार, प्रदेश सरकारको बाँडफाँडका बारेमा आजको बैठकमा अनौपचारिक छलफल भए पनि त्यसले भोलि औपचारिकता पाउने उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले आजै पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग पनि परामर्श गरेकाे  जानकारी दिँदै उनले सो क्रममा सरकारलाई समर्थन र सहभागिताका लागि आग्रह गरेकाे जानकारी दिए । 

    Prachanda_Oli_Meet1.jpg


    प्रकाशित : बुधबार, पौष १३ २०७९१०:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार