२०८३, कार्तिक १५ गते आइतबार

देशभर मतदान शुरु

देशभर मतदान शुरु


  • मेरोभ्यूज
  • मंसिर ४, २०७९ आइतबार

  • देशभर मतदान शुरु

    काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्रखरैबाट मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । मतदानका लागि मतदाताहरु बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन् । 

    मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुपर्नेछ । 

    एक करोड ७९ लाख ८८ हजार ५७० जनाको नाम मतदाता सूचीमा समावेश छ । निर्वाचनका लागि १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।


    प्रकाशित : आइतबार, मंसिर ४ २०७९०७:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार