२०८३, कार्तिक १४ गते शनिबार

निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा


  • मेरोभ्यूज
  • कार्तिक २५, २०७९ शुक्रबार

  • निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

    काठमाडौं । आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्टारको कार्यालयले आज एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो । 

    त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको र त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरेको थियो । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक कामकारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो । 

    315259103_521476339992549_5172665561005716170_n.jpg


    प्रकाशित : शुक्रबार, कार्तिक २५ २०७९०८:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार