२०८३, कार्तिक १४ गते शनिबार

प्रचण्डलाई गोरखामा बाबुरामको ‘अन्तरहृदयदेखि स्वागत’

प्रचण्डलाई गोरखामा बाबुरामको ‘अन्तरहृदयदेखि स्वागत’


  • मेरोभ्यूज
  • आश्विन २२, २०७९ शनिबार

  • प्रचण्डलाई गोरखामा बाबुरामको ‘अन्तरहृदयदेखि स्वागत’

    काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा ‘अन्तरहृदयदेखि स्वागत’ गरेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट चुनाव लड्ने निश्चित भएपछि मध्यरातमा एक ट्वीट गर्दै प्रचण्डको गोरखाबाट उम्मेदवारीको ठूलो सांकेतिक महत्व रहेको बताएका छन् ।

    ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु,’ शनिबार मध्यरात १२:१२ बजे एक ट्वीट गर्दै उनले भनेका छन्, ‘वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। वहाँको शानदार विजयको हार्दिक शुभकामना !’

    डा. भट्टराईले यसअघि प्रत्यक्ष चुनाव नलड्ने घोषणा गर्दा प्रचण्डले गोरखाबाट चुनाव लड्ने संकेत गरेका थिए । ‘म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ,’ उनले भनेका थिए ।

     


    प्रकाशित : शनिबार, आश्विन २२ २०७९१२:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार