२०८३, कार्तिक १४ गते शनिबार

बन्दसूचीको सूचना प्रकाशन

बन्दसूचीको सूचना प्रकाशन


  • मेरोभ्यूज
  • आश्विन २२, २०७९ शनिबार

  • बन्दसूचीको सूचना प्रकाशन

    काठमाडाैं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम छ ।

    निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिइसकेको छ ।

    यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्काे उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

    आजै ३ देखि ५ बजेसम्म सूची प्रकाशन गरिने आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । 


    प्रकाशित : शनिबार, आश्विन २२ २०७९१२:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार