२०८३, कार्तिक १४ गते शनिबार

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, भाेलिदेखि पेट्राेलियम पदार्थकाे बिक्री सहज

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, भाेलिदेखि पेट्राेलियम पदार्थकाे बिक्री सहज


  • मेरोभ्यूज
  • भाद्र २९, २०७९ बुधबार

  • पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, भाेलिदेखि पेट्राेलियम पदार्थकाे बिक्री सहज

    काठमाडाैं । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो ।

    सहमतिपश्चात् व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सञ्चालन गरेका छन् । महासङ्घले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि गरिनुपर्ने माग गर्दै आएको थियो ।

    निगम र महासङ्घबीच व्यवसायीका मागअनुरुपको ढुवानी भाडा वृद्धिसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो कार्यान्वयन गर्ने सहमति भएको छ । भाडा वृद्धिसम्बन्धी प्रस्ताव निगमको सञ्चालक समितिमा पेश भइसकेको छ ।

    यसैगरी नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले राखेका मागका सम्बन्धमा महासङ्घको प्रतिनिधिसहित सम्बन्धित सङ्घ तथा सङ्गठनको प्रतिनिधिको उपस्थितिमा आवश्यक छलफल गरी उचित सम्बोधन गर्ने सहमति भएको निगमले जनाएको छ । 

    307149559_1086852995349022_8815421124326578051_n.jpg


    प्रकाशित : बुधबार, भाद्र २९ २०७९१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार